प्रस्तावित शान्ती संग्राहलय


Mygadi Pole२०६० चैत्र ७ गते म्याग्दी सदरमुकाम बेनीमा माओवादी र राज्यपक्ष दोहोरो गोलीबाट क्षतिग्रस्त बिजुलीको पोल मदन पुरस्कार (मपुपु)पुस्तकालय अन्तर्गत प्रस्तावित राष्ट्रिय शान्ति संग्रहालयमा संरक्षण गर्ने र अवलोकनका लागि खुला गर्ने उद्देश्य अनुरूप ल्याइएको छ। यसले युद्धका दौरानमा विभिन्न ठाउँमा घटेका घटनाहरू, युद्धका अवशेष र यसका कारण तत्कालिन समयमा देखिएको सामाजिक, राजनैतिक तथा मानसिक तनावहरूलाई जनसमक्ष पुर्याउनेछ। यसले एक कालखण्डमा देशमा घटेको घटना विवरण आगामी पुस्ताका लागि सुरक्षित राख्न सघाउनेछ।

पुस्तकालयले राष्ट्रिय शान्ति संग्रहालयको लागि आवश्यक प्रबन्ध नगर्दा सम्मको अन्तरिम समयका लागि सार्वजनिक जमघट हुने स्थान यलमाया केन्द्रमा पोलको जानकारी सहित सार्वजनिक प्रदर्शनीका लागि राखेको छ। यो पोल दीर्घकालमा मपुपुमा रहने राष्ट्रिय शान्ति संग्रहालय अन्तर्गत रहनेछ। मपुपु यो र यस्ता सामग्रीको ‘संरक्षण’मा प्रतिबद्ध छ।