समीक्षा

खबर

  • देखेको मुलुक को लोकार्पण

    Sun,December 2009
    मंसिर २८, २०६६।जगदम्बा प्रकाशनबाट प्रकाशित कनकमणि दीक्षितको पुस्तक “देखेको मुलुक”को लोकार्पण वाग्मती सभ्यताका हिमायती तथा नेपालका प्रथम कृषि इन्जिनियर हुतराम वैद्यले आज एक समारोहवीच पाटन ढोकास्थित यलमाया केन्द्रमा गर्नु भयो। कार्यक्रमको अध्यक्षता माननीय भीम बहादुर तामाङले गर्नुभएको थियो। पुस्तकका वारेमा चर्चा संवैधानिक समितिका सभापति माननीय निलाम्बर आचार्य र माननीय प्रदीप ज्ञवालीले चर्चा गर्नु भएको थियो। कूल १४ वटा लेखहरू समाविष्ट पुस्तकले बहुलवाद, जवाफदेही, मौलिक अधिकार, कल्याणकारी राज्य तथा हिंसारहित समाजजस्ता मुलभूत मान्यताका आधारमा मुलुकको राजनीतिक घटनाक्रमलाई नियाल्ने प्रयास गरेको छ। नारायणहिटी हत्याकाण्ड, “जनयुद्ध”को उठान, गणतन्त्रको आगमन जस्ता विषयमा आफ्नो ब्रह्मले देखेका र आफुलाई लागेका कुरा प्रष्टसँग लेखेका छन् ... बाँकी