प्रेस विज्ञप्ती

मदन पुरस्कार गुठीको विधान अनुरूप २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त भएका कूल १९५ पुस्तकहरू मध्येबाट ‘श्रेष्ठ सूची’ छनौट गर्नका लागि गठित समितिबाट प्राप्त श्रेष्ठ नौ पुस्तकहरूको सूची निम्नानुसार रहेका छन्। यी पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७३ सालको मदन पुरस्कार प्रदान गरिनेछ।


सूचना (असोज १८, २०७३)

मदन पुरस्कार पुस्तकालयका सम्पूर्ण सेवाहरू दशैं पर्वका कारण असोज १९ गते बुधवारदेखि असोज २८ गते शुक्रवारसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ। मदन पुरस्कार पुस्तकालय


हामी दैहिक छौँ र एक दिन हामी अनन्तको बाटो लाग्नेछौँ : अम्बर गुरूङ

विसं १९९४-२०७३ बाबु उजिरसिंह गुरूङ र आमा रणुकादेवीका सुपुत्रका रूपमा विस १९९४ साल फागुन १४ गते लालढिकी, दार्जीलिङमा जन्मनुभएका अम्बर गुरूङको आज मिति २०७३ जेठ २५ गते विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको छ। मदन पुरस्कार गुठी परिवार वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछ।   “विगत चार दशक यता […]